नेपाली झण्डाबिनाको बैठकलाई कूटनीतिक खेलवाड भन्दै ज्ञवालीले मागे छानबिन

काठमाडौं, २ असोज । एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको औपचारिक द्विपक्षीय बैठकमा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषयमा सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार नयाँदिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुवै देशका प्रतिनिधिमण्डल…