गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

काठमाडौं, असोज ७ । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ । यसअघि भिजिट भिसा प्रकरणमा नाम…