प्रचण्डले एक दिनमै बैठक टुङ्ग्याउन खोजेपछि नारायणकाजीले उठाए फरक मतको कुरा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा फरक प्रस्ताव राख्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शीर्ष नेताहरूबिच सवालजवाफ भएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समय अभावको कारण देखाउँदै फरक प्रस्ताव राख्न अस्वीकार गरेपछि सवालजवाफ भएको हो । एक स्थायी समिति सदस्यका अनुसार…