रास्वपा बैठकमा हरि ढकालले गरे आत्मालोचना

काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले गलत अभिव्यक्ति दिएको स्वीकार्दै आत्मालोचना गरेका हुन् । रास्वपाको केही दिनअघि बसेको भर्चुअल बैठकमा सुमना श्रेष्ठ, हरि ढकाल र गणेश कार्कीबीच चर्काचर्की भएको थियो ।…