जनकपुर । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने चार दलबिच सहमति भएको जनमत पार्टीका नेता महेश यादवले पुष्टि गरे ।…