काठमाडौं, ३ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले असन्तुष्ट युवालाई राजनीतिको मूलधारमा जोड्न पार्टीले पहल गर्ने बताउनुभएको छ । विमति राखेर होइन नवयुवालाई विश्वासमा लिएर हातेमालो गर्ने उहाँले बताउनुभयो । संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमाले नै जनताको भावना बुझ्ने उपयुक्त शक्ति हो भनेर युवालाई बुझाउने बताउनुभएको हो…