देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता –प्रचण्ड

सङ्खुवासभा, १८ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभयो ।…