मकवानपुर, २५ असोज । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री समेत रहेका दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि…