काठमाडौँ महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

सिमकोट (हुम्ला), ९ असोज । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौँ महानगरपालिकाले आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो । विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख…