प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं, १८ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो ।…