काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा खुला कोटातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी कोटातर्फ विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ। खुलातर्फको मतगणनामा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्नुभयो भने आचार्यले २ हजार ३४२ मत ल्याएर विजयी हुनुभयो। खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार…