काठमाडौं, असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी कर्मचारीलाई पेसागत जिम्मेवारी निर्वाह गर्दा नैतिकता, निष्ठा र इमानदारीमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ। सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो। उहाँले पेसागत आचरण र अनुशासन…