बूढीगण्डकी बाढीले ६ पुल बगायो, १० जना सम्पर्कविहीन

गोरखा, २५ असोज । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको…