काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। मतपेटिकाका विषयमा विवाद उत्पन्न भएपछि रोकिएको मतगणना साँझ साढे ७ बजेदेखि सुरु भएको हो। यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसपछि उम्मेदवारहरूकै रोहवरमा मतगणनाका लागि मतपेटिका खोलिएको थियो। तर, एक मतपेटिका…