काठमाडौं,२४ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई पुनः पार्टीमा फर्काउने प्रतिबद्धता जनाउनुभएको छ। शनिबार १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले कांग्रेसलाई सबैको भरोसाको पार्टी बनाउने बताउनुभयो। विगतमा कांग्रेसलाई माया गरे पनि पार्टीका कामप्रति चित्त नबुझाएर टाढिएका लाखौँ समर्थकलाई…