सांसद सुनारले धम्क्याएको भनिएका आमा–बच्चालाई सुरक्षा दिन रामकुमारी झाँक्रीको माग

काठमाडौं, २७ असोज । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारबाट धम्की आएको भनिएका महिला र उनका बच्चाको तत्काल सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले सार्वजनिक भएको अडियोमा महिला र बच्चामाथि प्रयोग गरिएका अपमानजनक शब्दप्रति आपत्ति जनाएकी छन्। उनले…