नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

काठमाडौँ, ७ साउन । नेपालमा अब भारतीय रूपैयाँ (भारू) २०० र ५०० दरका नोट चल्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) सूचना जारी गर्दै नेपाली वा भारतीय नागरिकले यी दरका नोटहरू प्रतिव्यक्ति २५ हजार रूपैयाँसम्म ल्याउन–लैजान पाइने व्यवस्था गरेको हो। सूचनामा भनिएको छ, ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रु.२०० र…