काठमाडौं, २८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। प्रमाणपत्र पेश गर्नेमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटली रहनुभएको छ। त्यस्तै, इन्डोनेसियाकी लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम…