समानुपातिक बन्दसूची रुजु कार्य सम्पन्न, गल्ती सच्याउने समय पुस २७ गतेसम्म

काठमाडौं, २० पुस । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएका बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।आयोगको तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्ती मगरका अनुसार पुस १६ गतेदेखि आजसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातको जाँच गरिएको हो । रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आजै बेलुकासम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार…