काठमाडौँ, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको हो । शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गर्नुभएको थियो । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित…