काठमाडौं, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई प्रेस चौतारी नेपालले असंवैधानिक, स्वेच्छाचारी र लोकतान्त्रिक मूल्य–मान्यताको प्रत्यक्ष उल्लंघन भएको भन्दै घोर विरोध जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति विवादमै रहेका बेला निर्वाचित प्रतिनिधिहरूको सभामाथि प्रहार गर्ने गरी प्रतिनिधिसभा विघटन गरिएको निर्णय संविधानवाद…