काठमाडौं, पुस २४ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र, जटिल कानुनी संरचना र कार्यशैली यथावत् रहँदासम्म नागरिकले अपेक्षा गरेको विकास–निर्माण प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको भ्रष्टाचारविरुद्ध तथा प्राविधिक परीक्षणसम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठीमा कँडेलले यस्तो बताउनुभएको हो । “तपाईंहरू स्थायी कर्मचारी हुनुहुन्छ, तपाईंहरूमाथि…