शिक्षामन्त्री पुनको प्रश्न– विदेश घुमेर अर्थतन्त्र बन्छ ?

काठमाडौं, २५ पुस । शिक्षामन्त्री महावीर पुनले हालै एक मन्त्रीको विदेश भ्रमणका विषयमा भएको विवाद लक्षित टिप्पणी गर्नुभएको छ । आफूलाई पटक–पटक भ्रमणको निम्ता आउँदा पनि विदेश नगएको भन्दै उहाले विदेश गएर देश नबन्ने बताउनुभएको हो । ‘म मन्त्री भएपछि पहिला पनि तीन वटा विदेश भ्रमणका निमन्त्रणा आए पनि गएनँ। अहिले पनि दुई वटा निमन्त्रणा…