काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न नसकिने बताउनुभएको छ । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताउनुभयो । हिजोभन्दा आज कांग्रेसले आफूभित्रको चुनौतीको सामना गरिरहेको भन्दै महामन्त्री शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र…