दोधारा चाँदनी, १९ साउन । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । ‘महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक…