कञ्चनपुर । दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरुले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । आफूहरूको आम्दानीको मुख्य स्रोत नै सरकारले दिने भत्ता भएको उल्लेख गर्दै दसैँमा भत्ता नआउँदा दुःख लागेको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का बडसिंह राउटेले बताए । “पहिले समयमै भत्ता आउँथ्यो तर अहिले दसैँ सुरु…