काठमाडौं, १५ फागुन । ईश्वर पोखरेलले नेकपा एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ अडान लिएको बताउनुभएको छ। काठमाडौं–५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले एमालेले सामाजिक सद्भावका मुद्दा र देशका बहुआयामिक विशेषताहरुलाई महत्व दिएको उल्लेख गर्नुभयो। “हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो। यसलाई बिथोल्न खोज्ने…