काठमाडौं, ७ असोज । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए । झन्डै १० घण्टा समय…