तुइन खोलाको विशाल पहिरो १४ सय घनमिटरको रहेको अनुमान

काठमाडौँ, ८ असोज । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ  । सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार, पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि (असोज ९ गते) दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरिएको छ । सडक डिभिजनका अनुसार, आज बिहान ६ बजेदेखि दुवैतर्फबाट…