अध्यक्ष ओलीको सन्देशः जलेका सपनालाई जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य बनाउन मिलेर अगाडि बढौं

काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुन लागेको बताउनुभएको छ। प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन बिहानै उहाँले झापाबाट हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै सुन्दर भविष्य निर्माण अघि बढ्नुपर्ने बताउनुभएको हो । ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘हाम्रो लागि आज एक…