काठेखोला (बागलुङ), ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा २३ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा ११ जना र क्षेत्र नं। २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले…