चुनावका लागि काठमाण्डौ उपत्यकाबाट ८ लाख मानिस बाहिरिने अनुमान

काठमाडौं, १६ फागुन । चुनावसँगै लामो बिदा परेका कारण काठमाण्डौ उपत्यकाबाट झन्डै ८ लाख मानिस बाहिरिने सरकारले अनुमान गरेको छ । सरकारले चुनावका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ । यसका अतिरिक्त फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराईमा फागु पूर्णिमाको बिदा, २३ गते शनिवार र २४…