रामेछाप, १५ कात्तिक । धान भित्र्याउने बेलामा परेको बेमौसमी वर्षाले रामेछापका किसानको वर्षभरको मेहनत पानीमा डुबेको छ । लगातार तीन दिनदेखि परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर कुहिन लागेको छ भने नकाटेको धान पनि ढलेर नोक्सानी भएको छ । रामेछाप जिल्लाका प्रमुख फाँटहरूमा किसानले काटेर खेतमै सुकाइरहेको धान अहिले पानीमा डुबेकाले ठूलो नोक्सानी भएको…