काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए । बम्जनलाई काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न अराेपमा…