काठमाडौं, २८ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीको वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनि आउने बाढीको त्रासले वर्षात् शुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । स्थानीय टेकबहादुर सलामी थापा मगर गएको सात वर्षदेखि वर्षात शुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ । बाढीले घर डुबाउने भएकाले उहाँले खाद्यान्न,…