आज पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १५ असोज । आज पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाडका थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने…