‘प्रधानमन्त्रीज्यू, संसद् तपाईँको अनुकूलतामा चल्ने संस्था होइन’

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा संसद्लाई जानकारी नगराएको र फर्किएपछि पनि संसद्मा आएर जानकारी नगराएको भन्दै प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्री संसद्मा उपस्थित…