महोत्तरी, १६ असोज । रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। बलवा नगरपालिका–वञ्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको हो। मंगलबार भत्किएको बाँधबाट बस्ती र खेततर्फ पस्दै आएको पानी बुधबार बेलुकादेखि जलेश्वर प्रवेश गरेको थियो। पानी निकासको उचित व्यवस्था नहुँदा बजार…