काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ भनेर वर्गीकरण गरेको प्रसंगमा आफू पनि ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा रहेको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले आफू औसत क्षमताको इन्जिनियर भएकाले विभिन्न विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू आफूलाई ‘एक्स्ट्रा अर्डिनरी’ लाग्ने बताउनुभयो…