काठमाडौं, १९ साउन । नेपाल औषधी उत्पादक संघको अध्यक्ष पदमा विप्लव अधिकारी निर्वाचित हुने निश्चित भएको छ । अध्यक्षमा उम्मेद्धारी दिनुभएको उहाँका प्रतिस्पर्धी दीपक दाहालले उम्मेद्धारी फिर्ता लिएपछि अधिकारी निर्विरोध निर्वाचित हुने सुनिश्चित भएको हो ।