काठमाडौं, फागुन १२ । २४ भदौमा भएको प्रदर्शनका क्रममा सिंहदरबार मा आगजनी गरेको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय भएको छ। जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं ले गौतमविरुद्ध मुद्दा दायर गर्ने पर्याप्त आधार र कारण नदेखिएको निष्कर्ष निकाल्दै मुद्दा नचलाउने निर्णय गरेको हो। उक्त निर्णय सदरका लागि उच्च सरकारी वकील कार्यालय पाटन मा पठाइएको…