सुर्खेत, २० असार। चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो खेतमा धान रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो ।आज दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको थियो । चट्याङ लागेर थप चार जना…