काठमाडौं, १३ कात्तिक । मौसम बदलीका कारण काठमाडौं आउने उडानमा समस्या भएको छ । देशका विभिन्न गन्तव्यबाट काठमाडौं आउने विमानहरूलाई समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । “पछिल्लो समयमा काठमाडौं त ओपन नै छ । अहिले भरतपुर, पोखरा क्लोज छ,” उनले भने, “भैरहवाबाट काठमाडौं उडेको श्री एयरको विमान उतै फर्किएको छ…