आँखामा कालोपट्टी बाँधेर जेन–जी अभियनताको खबरदारी– कार्की आयोगको प्रतिवेदन खोई ?

काठमाडौं, २ चैत । जेनजी आन्दोलनबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले आज पनि विरोध जनाएका छन् । जेन–जी मुभमेन्ट अलाइन्स, नेपाल जेन–जी फ्रन्ट लगायतका युवा अभियन्ताहरु माइतीघर मण्डलामा उत्रिएका हुन् । उनीहरुले आँखामा कालोपट्टी बाँधेर आँशुको रङ त हुँदैन, प्रतिवेदन केले छेकियो ?, कार्की आयोगको…