पोखराको गगनगौंडामा भेटिए सिन्धुलीका १६ जना, दुई घरमा बाँडिएर बसेका थिए

काठमाडौं, १२ साउन । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् ।बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार, सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उहाँले भन्नुभयो…