वन हेरालु हत्या प्रकरण: भेटिएन टाउको

काठमाडौँ, २० पुस २० ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा वीभत्स हत्या गरिएका वन हेरालु (चौकीदार) को टाउको आइतबार बिहानसम्म पनि फेला पर्न सकेको छैन ।सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्ने राइटारखोरका ४७ वर्षीय रामइश्वर महतोको शनिबार हत्या भएको थियो । शनिबार बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज आएपछि साइकल चढेर गस्तीमा…