काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् । पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा दिएका हुन् । यसअघि पार्टी सभापति रवि लामिछानेले राजीनामाका लागि तयार रहन आग्रह गरेका थिए ।