काठमाडौं, २२ असोज । बडादशैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढेको छ। दशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नयाँबसपार्कमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको भीड देखिन थालेको हो। दशैँका लागि काठमाडौंमा रहेका नागरिकहरू धमाधम गाउँघर फर्किन थालेका छन्। विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको व्यवसायीहरूले बताएका छन्। यात्रुको सहजताका…