काठमाडौं, ३१ असार । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सामाजिक सञ्जालमा भएको ट्रोलिङका कारण आफू गम्भीर मानसिक तनावमा परेको र दुई पटक आत्महत्याको प्रयाससमेत गरेको खुलासा गर्नुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद थपलियाले संसद्मा दिएको अभिव्यक्ति अर्की सांसदको भनाइसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी व्यापक ट्रोल गरिएको बताउनुभयो। उहाँका अनुसार…