काठमाडौं, २३ असोज । धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्। चक्कु प्रहारबाट २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घाइते साफीको उपचारका क्रममा…