काठमाडौं, २२ असोज । भारतले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ । भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलालाई नेपालका लागि राजदूत नियुक्त गर्न भारतले नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको परराष्ट्र स्रोतले जनाएको छ । नेपालको सहमति अर्थात् एग्रिमो प्राप्त भएपछि भारतले औपचारिक रूपमा राजदूत नियुक्त गर्नेछ । हाल भारतीय विदेश मन्त्रालयमा…