काठमाडौँ, २५ असोज । डोटीमा विद्युतीय गाडी (ईभी हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। अछामबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९५६ नम्बरको हायस भीमदत्त राजमार्ग अर्न्तगत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेन भन्ने स्थानमा दुर्घटनामा परेको हो। अछामको मंगलसैन नगरपालिका–९ कि २२ वर्षीया हरिना परियारको मृत्यु भएको जिल्ला प्रहरी…